काठमाडौं, २७ जेठ । स्वास्थ्य मन्त्रालयले तयार गरेको औषधि मूल्य समायोजन सम्बन्धि प्रतिवेदनमाथि निजि क्षेत्रले असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा जाने निर्णय गरेका छन् ।
ऊनीहरुले सरकारले गठन गरेको मूल्य समायोजन समितिले आज स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको औषधिको मूल्य समायोजन सम्बन्धि प्रतिवेदनप्रति असन्तुष्टि ब्यक्त गर्दै आन्दोलनमा जाने निर्णय गरेका हुन् ।
आज भएको संयुक्त बैठकमा नेपाल औषधि उत्पादक संघ , नेपाल मेडिकल एसोसिएसन ,नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ , नेपाल औषधि व्यावसायिक संघ ,नेपाल औषधि आयातकर्ता संघ , नेपाल प्राइभेट हस्पिटल ईन्स्टिच्युटसन एसोसिएसन , नेपाल पशुपन्छी व्यावसायि संघ र रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका प्रतिनिधिहरु थिए। उनीहरुले सयुक्त आन्दोलनमा जाने सहमति गरेका छन् ।