• बिहीबार , २९ असोज २०८३
  • images
    images

    त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्स माग

    त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्स माग

    असार १ सम्म आवेदन दिन सकिने

    शुक्रबार, जेठ २३ २०८२
    शुक्रबार, जेठ २३ २०८२
    त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्स माग

    काठमाडौँ, २३ जेठ ।महाराजगञ्जस्थित  त्रिवि शिक्षण अस्पतालले १०० जना नर्स माग गरेको छ ।
    अस्पतालले आज एक सूचना प्रकाशित गर्दै १०० जना नर्स पदपूर्ति गर्ने भएको हो।

    अस्पतालले आन्तरिक स्रोतबाट तलब भत्ता उपलव्ध गराउने गरी रिक्त रहेको अस्थायी दरबन्दीमा १०० जना नर्स करार सेवामा पदपूर्ति गर्न लागिएको हो ।
      योग्यता पुगेका नर्सले आगामी २५ जेठ देखि १ असार बेलुका ५ बजे भित्र आवेदन दिन भनेको छ ।

    images


    नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्णले यस पदका लागि आवेदन दिन सक्ने बताइएको सूचनामा पुरुष नर्सको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष अधिकतम उमेर तोएिको छ ।
    हेरौं सूचना: 

    CamScanner 06-06-2025 08.38.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    थप समाचार