• सोमबार, १५ भदौ २०८३
  • images
    इँट्टाभट्टामा जिउँदै मानिस जलाएको काण्ड

    दुईदिन अघि जेलबाट छुटेका आलमलाई मस्तिष्कघात, आइसियुमा उपचार हुँदै

    दुईदिन अघि जेलबाट छुटेका आलमलाई मस्तिष्कघात, आइसियुमा उपचार हुँदै

    शुक्रबार, जेठ १६ २०८२
    शुक्रबार, जेठ १६ २०८२
    दुईदिन अघि जेलबाट छुटेका आलमलाई मस्तिष्कघात, आइसियुमा उपचार हुँदै

    काठमाडौँ, १६ जेठ। मानिसलाई ज्युउँदै इँट्टाभट्टामा जलाएको अभियोगमा जन्मकैद पाएपछि उच्च अदालतबाट दुईदिन अघि छुट्न सफल नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ । 
    उहाँलाई शुक्रबार बिहान ९ बजे मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको छ । 


    रौतहटमा मानिसलाई इटाभट्टामा ज्युउँदै जलाएको आरोपमा उहाँलाई ६ बर्ष जेल जिवन बिताउनुभएको थियो ।  गत बुधबार मात्रै रिहा हुनुभएका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्क घात भएको छ, न्यूरो अस्पतालका एक चिकित्सकले भन्नुभयो,“उहाँको आईसीयूमा भर्ना गरि उपचार सुरु भएको छ ”

    परिवारले लक्षण देखिएको साढे ३ घण्टा भित्रमा अस्पताल पु¥एको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई एक्युट स्ट्रोक भएको हो । उहाँले समयमै औषधी चलाउँदा सुधार आएको जानकारी दिनुभयो । 

     

     


     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार