• शनिबार, १ कात्तिक २०८३
  • images

    गायक अमर लामाको निधन

    गायक अमर लामाको निधन

    मंगलबार, वैशाख ३० २०८२
    मंगलबार, वैशाख ३० २०८२
    गायक अमर लामाको निधन

    काठमाडौँ, ३० वैशाख  । गायक तथा संगीतकार अमर लामाको निधन भएको छ। 

    डोटी जिल्लाको बडीकेदार गाउँपालिका–३ देवल घर भई कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडा बस्दै आउनुभएका  गायक लामाको ४७ वर्षको उमेरमा निधन भएको हो। 

    images


    संगितकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका लामा पेटको बिरामी भएपछि चैत १७ गते कैलालीको धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना हुनुभएको थियो ।

    उहाँलाई थप उपचारका लागि वैशाख १४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काठमाडौँ लगिएको थियो।
    सोमवार राति उहाँको उपचारकै क्रममा निधन भएको हो। 


    लामा गायनका साथै नाट्य र उद्घोषण विधामा पनि उत्तिकै चर्चित हुनुहुन्थ्यो ।  मादल, हार्मोनियमलगायतका वाद्यवादनमा पनि पोख्त लामा सुदूरपश्चिममा हुने मेला, महोत्सवमा आकर्षणका केन्द्र हुनुहुन्थ्यो । 

     

    महेन्द्रनगरको महाकाली एफएमबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँले डोटीको शैलेश्वरी एफएममा स्टेसन म्यानेजरका रूपमा काम गर्नुभएको थियो । 

    लामाको मंगलबार हिन्दु धार्मिक परम्परा अनुसार गोदावरी नदीमा अन्तिम संस्कार गरिएको छ।

    गोदावरी आर्यघाटमै अन्तिम संस्कारमा श्रद्धाञ्जली दिन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा टीएन जोशी, चलचित्र पत्रकार संघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशी, उपाध्यक्ष विवेक नागरी, सचिव कृत विष्ट, पत्रकार वीरेन्द्र रावल, वरिष्ठ गायक नरेन्द्रराज रेग्मी, चर्चित डेउडा गायक भुवन दाहाल, डोटीको बडिकेदारका समाजसेवी तथा नेकपा एमालेका युवा नेता सिद्धराज जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटी लगायतका कालाकार तथा राजनीतिकर्मी पुग्नुभएको थियो । 


    गायक लामाका दुई पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार