• शनिबार, १ कात्तिक २०८३
  • images

    पूर्व स्वास्थ्य राज्यमन्त्रीको निधन

    पूर्व स्वास्थ्य राज्यमन्त्रीको निधन

    शनिबार, वैशाख १३ २०८२
    शनिबार, वैशाख १३ २०८२
    पूर्व स्वास्थ्य राज्यमन्त्रीको निधन

    काठमाडौँ, १३ वैशाख । पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। 
    नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले ७७ वर्षको उमेरमा  गयराति ११ बजे  डंगोलको निधन भएको जानकारी दिनुभयो।

    उहाँ नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो ।

    images

    लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहनु भएका डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

    वि.सं.२००४ सालमा काठमाडौँमा जन्मिएका  ७७ वर्षीय डंगोल कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत हुनुहुन्थ्यो।
    ०५६ मा पहिलोपटक सांसद हुनुभएका डंगोललाई कांग्रेसले समानुपातिकबाट सभासद् बनाएको थियो ।

    उहाँको  पार्थिव शरीरलाई  निवासमा राखिएको छ ।

    उहाँ  लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उहाँ  पार्टी गतिविधिमा निष्क्रिय हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार