• आइतबार, १४ भदौ २०८३
  • images

    मोहन वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा सारियो

    मोहन वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा सारियो

    आइतबार, पुस १४ २०८१
    आइतबार, पुस १४ २०८१
    मोहन वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइसियुमा सारियो

    काठमाडौँ, १४ पुस ।  त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई थप समस्या देखापरेको छ । 
    उनलाई थप समस्या आएपछि आईसीयूमा सारिएको छ ।

    अस्पतालका अनुसार वैद्यको स्वास्थ्य बिग्रिएपछि शनिबार विहान सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा सारिएको हो ।

    त्यसअघि उनलाई अस्पतालको एनेक्स टू क्याविनमा राखिएको थियो ।

    उपचारमा सम्लग्न  चिकित्सकका अनुसार बैद्यको छातीमा संक्रमण र दमको समस्या छ । 
    नेता वैद्य पहिले देखि नै दमका विरामी हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार