• शुक्रबार, ३० असोज २०८३
  • images

    राष्ट्रिय आविष्कार केन्द्रले नारायणी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्ने

    राष्ट्रिय आविष्कार केन्द्रले नारायणी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्ने

    बिहीबार , पुस ११ २०८१
    बिहीबार , पुस ११ २०८१
    राष्ट्रिय आविष्कार केन्द्रले नारायणी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्ने

    वीरगञ्ज, ११ पुस । राष्ट्रिय आविष्कार केन्द्रले नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण मर्मतसम्भार गर्ने भएको छ।
    नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट(मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच यसका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको हो । 

    'केन्द्रले अस्पतालका भएका उपकरणहरुको आवश्यक अध्ययन गरेर मर्मतसम्भारको कार्य गर्नेछ', उनले भने। अस्पतालका अनुसार अस्पतालमा डेढसयभन्दा धेरै औजार तथा उपकरण छन्। मेसु दासले तत्कालै मर्मतसम्भार गरेर चल्नसक्ने खालका उपकरण तथा ‍ औजारलाई पहिलो प्रथामिकतामा राखेर मर्मतसम्भार गरिने बताए। 

    images

    नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले अस्पताल र केन्द्रबीचको सम्झौताले अस्पतालमा रहेको चिकित्सा उपकरणको समयमै मर्मत सम्भार सुनिश्चित गरी सेवाको गुणस्तरमा सुधार आउने बताए।

    'केन्द्रले अस्पतालका उपकरणको मर्मत सम्भारमा आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्नेछ', उनले भने, 'यस कदमले नारायणी अस्पतालको स्वास्थ्य उपकरण समयमै सुधार हुने र जनताको सहज पहुँचमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएका छौँ

    प्रतिक्रिया दिनुहोस
    थप समाचार