काठमाडौंँ, १ पुस । बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनित गरिएको छ ।
डा. बराल क्यान्सर रोग विशेषज्ञ हुन् ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले गत मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको जानकारी दिए ।
गुरुङले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई केन्द्रको सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए ।