• बिहीबार , ५ कात्तिक २०८३
  • images

    त्रिवि आईओएमको डीनमा प्राडा मोहनराज शर्मा नियुक्त 

    त्रिवि आईओएमको डीनमा प्राडा मोहनराज शर्मा नियुक्त 

    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    हेल्दीखबर
    आइतबार, मंसिर ३० २०८१
    त्रिवि आईओएमको डीनमा  प्राडा मोहनराज शर्मा  नियुक्त 

    काठमाडौँ, ३० मंसिर । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् ।

    शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई चार वर्षका लागि आईओएमको डीन नियुक्त गर्ने निर्णय गरेको हो ।

    images

    यसअघि आईओएमको डीनका लागि नाम सिफारिस गर्न गठित समितिले प्राडा शर्मा सहिप्राडा शर्मासहित प्राडा दिब्यासिंह शाह र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको थियो ।
     यिनै  तीन जना मध्येबाट शर्मालाई डीनमा नियुक्त गरिएको हो ।

    त्यसअघि समितिले १३ असोजमा सिफारिसमा परेका तीन जना सहित प्राडा अभिमन्यु झा र प्राडा उत्तमकृष्ण श्रेष्ठलाई अल्पसूचीमा राख्दै कार्ययोजना प्रस्तुति सहितको अन्तर्वार्ता लिएको थियो ।
     त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो । 

    यसअघि डीनका लागि १३ जनाले आवेदन दिएका थिए। 
    त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तीका लागि नम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार