रामेछाप, १४ मंसिर । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमैमृत्यु भएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त गाडी काठमाडौँबाट रामेछापतर्फ गइरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सो गाडी सडकबाट तिन सय मिटर तल खस्न पुगेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेका छन ।
मृतकको सनाखत हुन सकेको छैन ।