मंसिर ३ सम्म सदस्यता लिइसक्नुपर्ने
काठमाडौं, १२ कार्तिक । नेपाल नर्सिङ संघको निर्वाचन मंसिर ३ गते हुने भएको छ।
संघको २० औं कार्यसमितिको निर्वाचन उक्त मितिमा गर्ने निर्णय गरिएको हो।
संघको निर्वाचनमा भाग लिन मंसिर ३ गतेभित्र सदस्यता लिईसक्नुपर्ने छ ।
हाल संघको अध्यक्षमा मन कुमारी राई अध्यक्ष छिन् ।
वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया र महासचिव नर्बदा थापा रहेकी छिन्।