• बिहीबार , २९ असोज २०८३
  • images
    images
    चन्द्रकला शर्मा नेतृत्व प्यानलको २८ बुँदे प्रतिबद्धता सार्वजनिक

    नर्स, अनमीलाई जोखिमभत्ता, विद्यालय र उद्योगमा अनिवार्य नर्सको व्यवस्था

    नर्स, अनमीलाई जोखिमभत्ता, विद्यालय र उद्योगमा अनिवार्य नर्सको व्यवस्था

    बुधबार, मंसिर १९ २०८१
    बुधबार, मंसिर १९ २०८१
    नर्स, अनमीलाई जोखिमभत्ता, विद्यालय र उद्योगमा अनिवार्य नर्सको व्यवस्था

    काठमाडौँ, १९ मंसिर । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
    बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समूहले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
    नर्सिङ संघको चुनाव आगामी २८ मङ्सिरमा हुदैछ । समूहकी अध्यक्ष चन्द्रकला शर्माले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने बताइन् ।
    उनले रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि विदा तथा चाडपर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने आफ्नो प्रतिवद्धता व्यक्त गरिन् ।
    प्रतिबद्धता पत्रमा नर्स तथा अनमीलाई जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता गर्ने, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था गर्ने, विद्यालय स्वास्थ्य नर्स कार्यक्रमलाई सम्र्पूण विद्यालयमा नर्सको दरबन्दी राख्ने लगायतका २८ बुँदा छन् ।
     संयुक्त प्रगतिशिल समूह नाम दिएको शर्माको नेतृत्वले ५० भन्दा बढी कामदार रहेको उद्योगमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने, अनमीहरुलाई विशेष कार्यक्रम मार्फत स्टाफ नर्स तथा मिडवाइफ अध्ययन गराउन छात्रबृत्तिका लागि पहल गर्ने, नर्सिङ संघलाई सात प्रदेश, ७७ जिल्ला र स्थानीय निकायमा विस्तार गर्ने, चिकित्सा शिक्षा आयोगमा एक महाशाखामा नर्सिङ निर्देशकको नेतृत्वमा हुनुपर्ने लगायतका प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
    अध्यक्ष पदका प्रत्यासी शर्माले नर्सहरुको पेशागत हकहित, अधिकार, वृत्तिविकास, स्वच्छ शैक्षिक वातावरण निर्माण, कार्यस्थल सुरक्षा सुनिश्चितताको लागि थप जिम्मेवार ढंगले काम गर्न आफ्नो समूहको उम्मेद्धारी रहेको बताइन् ।

    प्राध्यापक चन्द्रकला शर्मा अध्यक्ष रहेको यो समूहमा बरिष्ठ उपाध्यक्षमा प्राध्यापक रमेश सुब्बा छन् । यस्तै उपाध्यक्षमा बबिता घिमिरे, महासचिव डा देवकाकुमारी आचार्य, सचिव बेली पौडेल र कोषाध्यक्षमा तुलसा देवी अधिकारी छन् भने सदस्यहरुमा खुल्ला तर्फ मेनुका पोखरेल, जनजाती तर्फ हरिप्रसाद कोजु, आदिवासीबाट कला बस्याल गुरुङ र दलित तर्फ कोपिला विश्वकर्माले उम्मेद्धारी दिएका छन् ।
    यस्तै पासपति जैयसवाल मधेशी, सवेनाज बेगम मुस्लिम, जानुका मोक्तान अनमी, शान्ति कुमारी विश्वकर्मा अनमी तर्फबाट सदस्यमा उम्मेद्धारी दिएका छन् ।
    यस्तै नर्सिङ परिषद सदस्य तर्फ राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेद्धारी परेको छ । कुल १५ हजार ५४९ मतदाता रहेको संघको निर्वाचनका लागि देशभरीमा २० वटा मतदान केन्द्र तोकिएको छ । 

    images

     

    cha1-768x962.jpg
    undefined

    CHA3-768x1022.jpg

    1733315345838.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    थप समाचार