• बिहीबार , २९ असोज २०८३
  • images
    images

     बस दुर्घटनामा २७ जनाको मृत्यु 

     बस दुर्घटनामा २७ जनाको मृत्यु 

    शुक्रबार, भदौ ७ २०८१
    शुक्रबार, भदौ ७ २०८१
     बस दुर्घटनामा २७ जनाको मृत्यु 

    तनहुँ, ७ भदौ । भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  

    सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले दुर्घटनामा २७ जनाको मृत्यु भएको जानकारी दिए।  तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भारतीय बस दुर्घटनामा परेको थियो ।
      आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गरे। 

    images

    प्रहरीका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए। दुर्घटनाका गम्भीर घाइते १६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

    सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको छ। बस शुक्रबार बिहान ११:३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार