• बिहीबार , २९ असोज २०८३
  • images
    images

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा उत्कृष्ट, ९१.४५ प्रतिशत उत्तीर्ण

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा उत्कृष्ट, ९१.४५ प्रतिशत उत्तीर्ण

    शनिबार, साउन १९ २०८१
    शनिबार, साउन १९ २०८१
    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा उत्कृष्ट, ९१.४५ प्रतिशत उत्तीर्ण

    काठमाडौँ, १८ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा उत्कृष्ट आएको छ।
    परिक्षामा  ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् ।
     काउन्सिलका अनुसार परीक्षामा उत्तीर्ण भएको यो प्रतिशत अहिले  सम्मकै बढी हो ।

    काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवले यसपटकको परीक्षाका लागि  ९७० जनाले आवेदन फारम भरेको जानकारी दिए । उनले  ९६६ जना परिक्षामा सहभागी भएको बताए ।
    ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । छ जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।

    images

     यसपटक परीक्षामा विभिन्न विधाका गरि कुल ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
    परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार