• शनिबार, १ कात्तिक २०८३
  • images

    चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन

    चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन

    बिहीबार , साउन १७ २०८१
    बिहीबार , साउन १७ २०८१
    चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन


    काठमाडौँ, १७ साउन । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको मिर्गौला रोगको कारण निधन भएको छ । 
    सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त थिए । 

    दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनको निधन भएको हो । 

    images

    दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए । २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।
     उनका तीन छोरा एक छोरी रहेका छन् ।
    उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार