• बिहीबार , २९ असोज २०८३
  • images
    images
    काँग्रेसको भागमा स्वास्थ्य मन्त्रालय 

    स्वास्थ्य मन्त्रीमा रामहरी खतिवडा (निश्चित)

    स्वास्थ्य मन्त्रीमा रामहरी खतिवडा (निश्चित)

    आइतबार, असार ३० २०८१
    आइतबार, असार ३० २०८१
    स्वास्थ्य मन्त्रीमा रामहरी खतिवडा  (निश्चित)

    काठमाडौं, ३० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाली काँग्रेसको भागमा परेको छ । 
    नेपाली काँग्रेसबाट स्वास्थ्य मन्त्रीमा रामहरी खतिवडा बन्ने पक्कापक्की भएको छ । तर खतिवडाले शहरी विकास मन्त्रालयमा इच्छा देखाएका छन् । पार्टीले भने खतिवडालाई स्वास्थ्यमा पठाउने निर्णय गरेको काँग्रेसका एक वरिष्ठ नेताले बताए । 
    नयाँ सत्ता गठबन्धनमा स्वास्थ्य मन्त्रालय नेपाली काँग्रेसको भागमा परेको हो ।  प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएसँगै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डाको टुंगो लगाउँदा स्वास्थ्य मन्त्रालय नेपाली काँग्रेसको भागमा परेको हो । 
    भागबण्डामा नेपाली काँग्रेसका रामहरी  खतिवडाको करिब निश्चित जस्तै भएको छ । नेपाली कागँे्रसले स्वास्थ्य मन्त्रीमा रामहरी खतिवडालाई पठाउने पक्कापक्की भएको छ । नेपाली काँग्रेस श्रोतका अनुसार रामहरी खतिवडाले स्वास्थ्य मन्त्रालयको सपथ लिनेछन् । काँग्रेसले खतिवडालाई स्वास्थ्य मन्त्रीमा करिब निश्चित गरिसकेको छ । काँग्रेस श्रोतका अनुसार खतिवडाले भने शहरी विकास मन्त्रालय माग गरेका छन् । रातभरीमा  अर्को कुनै निर्णय भएन भने स्वास्थ्यमा रामहरी खतिवडा नै पक्कापक्की मन्त्री बन्नेछन् । 
    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आइतबार भएको छलफलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो। स्वास्थ्य मन्त्रालयमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाको चर्चा चलेको छ । तर खतिवडाले भने शहरी विकासमा दाबी गरेका छन् । 

    आइतबार साँझसम्मको सहमति अनुसार कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालयसहितका ९ वटा मन्त्रालय परेको छ। स्वास्थ्यमा जसपाले पनि दाबी गरेको थियो। 

    images


    तकाग्रेसको भागमा स्वास्थ्यसहित गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय परेको छ।

    यसैगरी एमालेको भागमा ८ वटा मन्त्रालय परेका छन्। एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन्।

    सरकारमा सहभागी हुने अन्य दलले पनि मन्त्रालयमा दाबी गरिरहेका कारण केही मन्त्रालय परिवर्तन समेत हुन सक्ने नेताहरु बताउँछन्। 

    कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे पनि को मन्त्री हुने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन। कांग्रेसमा प्रदीप पौडेल, रामहरी खतिवडा, हृदयराम थानी, दिपक खड्का लगायतको नाम चर्चामा छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार