• आइतबार, १ कात्तिक २०८३
  • images

    काठमाडौँका अस्पताललाई महानगरको निर्देशनः १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्नु’ 

    काठमाडौँका अस्पताललाई महानगरको निर्देशनः १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्नु’ 

    बुधबार, जेठ २३ २०८१
    बुधबार, जेठ २३ २०८१
    काठमाडौँका अस्पताललाई महानगरको निर्देशनः १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्नु’ 

    काठमाडौं, २३ जेठ ।  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ।

    महानगरपालिकाको स्वास्थ्य विभागले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो। हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन्।

    images

    अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको महानगरपालिकाले ठहर गरेको छ।

    साथै महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ।

    No description available.

    प्रतिक्रिया दिनुहोस
    थप समाचार