• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मुटु उपचारमा अब्बल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 

    मुटु उपचारमा अब्बल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 

    मंगलबार, चैत ६ २०८०
    मंगलबार, चैत ६ २०८०
    मुटु उपचारमा अब्बल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 

    भक्तपुर , ६ चैत । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मुटु उपचारमा पनि अब्बल  बन्दै गएको छ ।  
    विगत ४ वर्ष देखि मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ ।

    प्रत्येक महिना सातसय जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा लिएका छन् । यस्तै ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन् । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले   आइतवार, मंगलवार र विहिवार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको जानकारी दिए ।

    images

    उनले  इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने  कार्यालय समय भित्र हुने गरेको बताए । केन्द्रमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले क्याथ ल्याबको सहायताले मुटुको नसा बन्दा भए नभएको थाहा पाउने “एन्जीयोग्राफी”  का साथै हृदयघात भएका वा मुटुको नशा साँघुरो भएका विरामीको नशा खुलाउन “एन्जीयोप्लास्टी” गरिने जानकारी दिए । उनले हाल सम्म ५०३ जनाको क्याथ ल्याब पद्दतीबाट  उपचार भएको बताए । उनका अनुसार १३ हजार ३२ जनाको इको र  १६ हजार ९९९ जनाको इ. सी. जि, गरिएको जानकारी दिए ।  

    प्रत्येक सोमबार, बुधवार र शुक्रवार मुटु रोग सम्बन्धि बहिरंग सेवा हुने गरेको छ भने अन्य दिनमा मुटुरोग सम्बन्धी पद्दतीहरुको सेवा दिने गरेका कुरा  मुटुरोग  विशेषज्ञ डा. किसन कुमार कुशवाहले जानकारी दिए ।  
    यसैगरी मुटु रोग लागेका विपन्न नागरिकको लागि राज्यले उपलब्ध गराउने  एक लाख रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध हुनुका साथै जेष्ठ नागरिकको मुटुको एन्जीयोप्लास्टी उपचार शुल्क निःशुल्क हुने  गरेको छ । 
    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको उपयुक्त जमिन र आफ्नै भवनको खाँचो छ । स्थान अभावको बाबजुत पनि केन्द्रमाम सञ्चालित मुटुरोग सेवाले भक्तपुर र आसपासका जिल्लाका मुटुका विरामीहरुलाई प्रसस्त सेवा दिइ रहेको छ अतः केन्दको क्षमता विस्तार गरी ५०० बेड बनाउन सके मुटु लगायतको सेवामा अझै वृद्धि गर्न सकिने भक्तपुर आसपासका जिल्लाका बासिन्दाहरु अझ बढी लाभान्वित हुने कुरा केन्द्रले जनाएको छ ।

    heart hotc.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार