• आइतबार, १४ भदौ २०८३
  • images

    अङ्गदान गरेर पुण्य कमाऔँः स्वास्थ्यमन्त्री यादव

    अङ्गदान गरेर पुण्य कमाऔँः स्वास्थ्यमन्त्री यादव

    बिहीबार , चैत १ २०८०
    बिहीबार , चैत १ २०८०
    अङ्गदान गरेर पुण्य कमाऔँः  स्वास्थ्यमन्त्री यादव


    काठमाडौँ, १ चैत  । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपालले मिर्गौला उपचारमा धेरै प्रगति हाँसिल गरेको बताएका छन् । 
    विश्व मिर्गौला दिवसको अवसरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले  विदेशीहरु नेपालमा आएर मिर्गौला प्रत्यारोपण गराउनु नेपालको लागि गौरवको विषय भएको बताए । 
     उपप्रधानमन्त्री यादवले आफूले यसअघि स्वास्थ्यमन्त्री हुँदा अङ्गदान गरिसकेको जानकारी दिए ।
    स्वास्थ्य मन्त्री यादवले मृत्यु पश्चात खरानी भएर जाने अङ्गलाई दान गर्न सबैलाई आग्रह गरे । 
    अंगदानले गर्दा अरुको ज्यान बच्ने पुण्य कमाउन सबैलाई आग्रह गरे । 
    उपप्रधानमन्त्री यादवले मस्तिष्क मृत्यु भइसकेको व्यक्ति बाँच्ने सम्भावना नरहेकोले यसतर्फ सचेत हुनुपर्ने बताए । 
    अङ्ग प्रत्यारोपण सर्जन तथा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जिवनशैली परिवर्तन गरेमा मिर्गौला बचाउन सकिने बताए । उनले कम्त्तिमा एक वर्षमा मिर्गौला परीक्षण गर्न सबैलाई आग्रह गरे । 
     उनले मधुमेहबाट बच्नुपर्ने, खानपान र जिवनशैलीमा ध्यान दिन सकेको अवस्थामा मिर्गौला रोगबाट बच्न सकिने जानकारी दिए ।  
    जनता समाजवादीकी नेत्री रञ्जु झाले मिर्गौला प्रत्यारोपणलाई सहज बनाउन कानून बनिसके पनि कार्यान्वयन पक्ष फितलो रहेको बताइन् । 
    आयोजक समितिकी संयोजक डा कल्पना श्रेष्ठले मस्तिष्क मृत्युबाट हुने अङ्ग प्रत्यारोपणलाई अघि बढाउनुपर्ने बताइन् । 
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार