काठमाडौं, १७ माघ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित गोरखापत्र दैनिकका पत्रकार शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ ।
उनलाई सात महिना अघि पेटको क्यान्सर पुष्टि भएको थियो।
उपचारको क्रममा बुधबार बिहान ३ बजे ललितपुरको मेडीसिटी अस्पतालमा पत्रकार पण्डितको निधन भएको हो।
उनको पार्थिव शरीरलाई आज बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।