• शुक्रबार, ३० असोज २०८३
  • images

    रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेल कार्यालयमै मृत फेला

    रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेल कार्यालयमै मृत फेला

    प्रेमिकाले धोका दिएको आरोप

    हेल्दीखबर
    शनिबार, भदौ २३ २०८०
    हेल्दीखबर
    शनिबार, भदौ २३ २०८०
    रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेल कार्यालयमै मृत फेला

    काठमाडौं, २३ भदौ । रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेलले कार्यालयमै आत्महत्या गर्नुभएको छ ।
      काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा रहेको रेडियो देशान्तरको कार्यालयमै शुक्रबार बिहानको राति १ः३० बजेतिर कार्यालयको पाँचौ तलाको रेलिङमा झुण्डिएर आत्महत्या गर्नुभएको हो ।
      पाैडेलको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    पौडेलले  आत्महत्याका अघि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रेमिका कारण आत्महत्याको अवस्थामा पुगेको बताउनुभएको छ । पौडेलले  आत्महत्या अघि फेसबुकमा लेख्नुभएको छ:

    images

     "बधाइ छ धोकेबाज निष्ठुरी जन्मदिने आमाबाबा भन्दा बढी विश्वास गरेको थिए तर आज एक्कासी मर्न बाध्य बनायौ है सानु ल अब त जिन्दगीभर खुशी हुन्छौ होला त है अहिले मलाइ ट्याग गर्छ भनेर ब्लक गरेका छौा है थाहा थियो त कति माया गर्छु भन्ने कुरा सायद जीवनमा तिमीलाइ पाउनको लागि एति रोए कि जुन म बाल्यकालमा पनि रोएको थिएन तर पनि मलाइ बुझ्ने प्रयास कहिल्यै गरिनउ है । ठीकै छ तिम्रो लागि मर्ने भनेर जन्मिएको रहेछु सानु बाइबाइ मैले लेख्ने शब्द धेरै छन तर कहिल्यै सकिदैन तर लेख्न सक्दैन सरि अब हाम्रो भेट यस्तो ठाउँमा हुनेछ जहाँ तिमीले मलाइ देख्ने छौँ भेट्ने छौँ तर मैले तिमीलाइ भेट्ने छैन बोल्ने छैन, देख्ने छैन अब बाँकी मेरो यात्रा मसानघाटमा हुनेछ ।’

    376562266_1029671484711814_9143185021187875749_n-768x1220.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार