• शुक्रबार, ३० असोज २०८३
  • images

    कतारमा खेल पत्रकारको मृत्यु

    कतारमा खेल पत्रकारको मृत्यु

    हेल्दीखबर
    शनिबार, मंसिर २४ २०७९
    हेल्दीखबर
    शनिबार, मंसिर २४ २०७९
    कतारमा खेल पत्रकारको मृत्यु

     काठमाडौं,२४ मंसिर ।  खेल पत्रकारितामा कलम चलाउनुहुने अमेरिकी  पत्रकार ग्रान्ट वाहलको शुक्रबार कतारमा निधन भएको छ । पत्रकार वाहल दोहामा जारी विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहनुभएकको थियो ।

    न्यूयोर्क टाइम्सका अनुसार खेलको अन्तिम मिनेटमा वाहल प्रेस बक्समा हुनुहुन्थ्यो । सोही बेला अचानक स्वास्थ्य अवस्था गम्भीर बन्यो ।  खेल चल्दाचल्दै नै एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उहालाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।

    images


    यूए सरकारले शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको लुसेल रंगशालामा खेल हेर्ने क्रममा शुक्रबार हृदयघातका कारण निधन भएको जनाएको छ । फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:खी भएको यूएस सकरले विज्ञप्तिमा जनाएको छ ।
    फक्स स्पोर्ट्स र अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टका सामग्री पछिल्लो समय डिजिटल माध्यम ‘सबस्ट्याक’ मा पढ्न पाइन्थ्यो । उनका ‘द बेकह्याम एक्सपेरिमेन्ट’, ‘मास्टर्स अफ मोडर्न सकर’ र ‘फुटबल २.०’ पुस्तक प्रकाशित छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार