दोलखा, २३ फागुन । दोलखाका पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ। घरमै सुतिरहेको अवस्थामा आज राति उहाँको निधन भएको हो।
भुजेललाई उच्च रक्तचापको समस्या रहेको र हृदयधातबाट निधन भएको अनुमान गरिएको छ।गएराती पवटी स्थित घरमै सुतिरहेको अवस्थामा उहाँको निधन भएको हो।
भुजेल नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो । २०६० सालदेखि दाेलखामा रहेर पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो।
कालिञ्चाेक एफ एम, कालिञ्चाेक सन्देश साप्ताहिक हुदै पछिल्लो समय ईदैनिक खवर अनलाइन संचालन गर्दै आउनुभएको थियो।