काठमाडौं,१६ माघ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई १० हजार क्षतिपूर्ति दिलाउन सिफारिसस गरिएको छ।
मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति दिलाउन सरकारलाई सिफारिस गरेको जानकारी दिए ।
आफूलाई सीआईबीले गत साउन २५ गते गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको र मानसिक यातना दिएको भन्दै डाक्टर यादवले आयोगमा उजुरी दिएका थिए। पुस १९ गतेको निर्णयले डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति दिन भन्दै आयोगले सरकारलाई सिफारिस गरेको हो ।