• बिहीबार , २९ असोज २०८३
  • images
    images

    अस्ट्रेलियामा नेपाली चिकित्सकले कमाउँछन् वार्षिक पाँच लाख डलरसम्म 

    अस्ट्रेलियामा नेपाली चिकित्सकले कमाउँछन् वार्षिक पाँच लाख डलरसम्म 

    हेल्दीखबर
    शुक्रबार, पुस २७ २०८०
    हेल्दीखबर
    शुक्रबार, पुस २७ २०८०
    अस्ट्रेलियामा नेपाली चिकित्सकले कमाउँछन् वार्षिक पाँच लाख डलरसम्म 

    अस्ट्रेलिया,२७ पुस। काठमाडौंको बी एन्ड सी अस्पतालमा मेडिकल अफिसर रहेका चिकित्सक सनी श्रेष्ठ केही समयअघि अस्ट्रेलिया आए । उनी धेरै मिहिनेत र परीक्षापछि अहिले यहाँको प्रतिष्ठित सरकारी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् ।

    सबैको अलग–अलग कारण होला तर समग्रमा आफ्नो पर्सनल ग्रोथ, पारिवारिक समस्या र उज्ज्वल भविष्यका लागि नै नेपाली चिकित्सक अस्ट्रेलिया आइरहेका हुन्,’ डा. श्रेष्ठले अनुभव सुनाए ।

    images

    अस्ट्रेलियामा काम गर्ने जुनियर चिकित्सकले सुरुमा वार्षिक कम्तीमा ८० हजार अस्ट्रेलियन डलरसम्म कमाउँछन् । सप्ताहन्त, ओभरटाइम गरेको अवस्थामा त उनीहरूले नेपालको एक महिनाको तलब एक दिनमै कमाउन सक्छन् । अस्ट्रेलियाको नियामक निकायमा दर्ता भएर सिनियर चिकित्सकका रूपमा काम गर्न थालेपछि भने कम्तीमा वार्षिक १ लाख ५० हजारदेखि ५ लाख डलरसम्म कमाउन सकिने चिकित्सकहरू बताउँछन् । त्यसमा पनि दुर्गम क्षेत्रमा काम गर्न गएको खण्डमा आम्दानी अझ बढ्छ ।

    अस्ट्रेलिया पछिल्लो समय नेपालका विद्यार्थीका लागि मात्र नभएर चिकित्सकका लागि रोजाइको स्थान बनिरहेको छ । ५ वर्षयता सयौं नेपाली चिकित्सक आफ्नो पेसा छाडेर उज्ज्वल भविष्य तथा करिअरको खोजीमा अस्ट्रेलिया आएका छन् । नेपालमा चिकित्सा शिक्षा अध्ययन सकेर यहाँ आएका अधिकांश चिकित्सक काम गर्न भने त्यति सहज नभएको बताउँछन् । विदेशी चिकित्सकले यहाँको नियामक निकायमा दर्ता हुन कठिन परीक्षा पास गर्नुपर्छ भने काम पाउन पनि सहज छैन ।

    अस्ट्रेलियामा कति नेपाली चिकित्सक आइरहेका छन् भन्ने वास्तविक तथ्यांक नभए पनि यहाँ रहेका नेपालीमूलका चिकित्सकको संगठन अस्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसिएसन (एम्डा) का अनुसार कम्तीमा पनि ४ सय नेपाली कार्यरत छन् । एसोसिएसनका निवर्तमान अध्यक्ष डा. अनुपम पोखरेल नेपाली चिकित्सक अस्ट्रेलिया आउने क्रम बढ्नुको मुख्य कारण अवसरको खोजी, देशको भद्रगोल अवस्था तथा पारिवारिक कारण भएको सुनाउँछन् । 

     

    यो समाचार कान्तिपुर दैनिकमा  नारायण खड्काले लेख्नुभएको हो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार