• शनिबार, १ कात्तिक २०८३
  • images

    काठमाडौंमा साउन ३० गतेसम्म विद्यार्थीहरुलाई खोप दिइने

    काठमाडौंमा साउन ३० गतेसम्म विद्यार्थीहरुलाई खोप दिइने

    बिहीबार , साउन २८ २०७८
    बिहीबार , साउन २८ २०७८
    काठमाडौंमा साउन ३० गतेसम्म विद्यार्थीहरुलाई खोप दिइने

     

     

    images

    काठमाडौं   । काठमाडौं जिल्लामा विश्व विद्यालयको परीक्षामा सामेल हुने विद्यार्थीलाई आज देखि कोभिड–१९ विरुद्धको खोप लगाइंदैछ ।


    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  सचिवस्तरीय निर्णय अनुसार काठमाडौंमा साउन ३० गतेसम्म प्रवेशपत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिइने जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई एष्ट्रेजेनेका वा भेरोसेल खोप दिइने बताउनुभयो । साथै कोभिशिल्ड लगाएकाहरुलाई पनि दोस्रो मात्रा खोप दिइने उहाँले जानकारी दिनुभयो । 

    विद्यार्थी र कोभिशिल्ड लगाएकाहरुलाई खोप लगाउन प्रहरी अस्पताल पानीपोखरी, विरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधाश्वामी केन्द्र बसुन्धरामा खोप केन्द्र तोकिएको छ

    स्वास्थ्य मन्त्रालयले त्रिविलगायत विश्वविद्यालय स्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप उपलब्ध गराउन सातै प्रदेशका जनस्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । अन्य स्थानहरुमा जनस्वास्थ्य कार्यालयहरुले खोपकेन्द्र र मिति तय गर्नेछन् । 

    विश्व विद्यालयका परीक्षामा करिब ६० हजार विद्यार्थी सहभागी हुने अनुमान छ । साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार