चैत सम्म तलबभत्ता उपलब्ध गराउने
काठमाडौँ, २० पुस । वीर अस्पतालमा आन्दोलन कर्मचारीहरुले आन्दोलन फिर्ता गरेका छन् ।
सहमति भएसंगै कर्मचारीलाई प्रशासन र लेखा शाखामा लगाएको ताला समेत खोलेका छन् ।
सहमति अनुसार उनीहरुले पाउने आगामी चैत्र मसान्तसम्म बाँकी रहेको भुक्तानी पाउने छन् ।
वीर अस्पतालका कर्मचारीहरुले तलब, भत्ता उपलब्ध नगराएको, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नदिएको भन्दै चार दिन अघि मात्रै अस्पतालको लेखा र प्रशासन शाखामा ताला लगाएका थिए।
अस्पतालले कर्मचारीलाई तत्कालका लागि दुई महिनाको तलब भत्ता दिने सहमति गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बजेटमा ५० प्रतिशतले कटौती गरेको छ ।