• आइतबार, १४ भदौ २०८३
  • images

    कलेजो प्रत्यारोपित क्रिपेशको अस्पतालले मनाइदियो जन्मदिन 

    कलेजो प्रत्यारोपित क्रिपेशको अस्पतालले मनाइदियो जन्मदिन 

    आठौँ दिनमा भए डिस्चार्ज 

    हेल्दीखबर
    मंगलबार, पुस १७ २०८०
    हेल्दीखबर
    मंगलबार, पुस १७ २०८०
    कलेजो प्रत्यारोपित क्रिपेशको अस्पतालले मनाइदियो जन्मदिन 
    कलेजो प्रत्यारोपित क्रिपेश सँगै जन्मदिन मनाउँदै केन्द्रका चिकित्सकहरु

    काठमाडौँ, १७ पुस । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरेका क्रिपेश ख्याजुको २३ औँ जन्मदिन अस्पतालले मनाइदिएको छ । 
    उनको गत हप्ता पुस ८ गते कलेजो प्रत्यारोपण भएको थियो । 
    उनलाई जन्मदिन मनाइदिएर अस्पतालले आठौँ दिनमा डिस्चार्ज गरेको छ ।  उनी भक्तपुरका हुन् । 
     नेपालको इतिहासमा केलेजो प्रत्यारोपण पछि छोटो समयमा  डिस्चार्ज हुने उनी पहिलो व्यक्ति हुन् ।  अंग्रेजी महिनाको नयाँ वर्ष २०२४ को दिन उनको  २३ औं जन्मदिन परेको हुँदा प्रत्यारोपण केन्द्रले उनको केक काटेर जन्मोत्सव पनि मनाइदिएका थिए । 

    केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले गत साता दुईवटा कलेजो बाहेक अरु तीनवटा मिर्गौला समेत प्रत्यारोपण भएको जानकारी दिए । पछिल्लो तीनवटा संगै प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिनेको संख्या १ हजार १७२ पुगेको डा श्रेष्ठले बताए ।

     

    dischargee.jpg
     प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गर्ने अस्पताल हो । विसं २०७३ मङसिर २२ गते, दक्षिण कोरियाका चिकित्सकहरुको प्रविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेकोमा तत्पश्चात भएका कलेजो प्रत्यारोपण सेवामा छिमेकी राष्ट्र भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा हुँदै आएको छ ।

    डा श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि नेपाल सक्षम बन्दै गएको समेत बताए । उनले भने, पछिल्लो ५ जनाको प्रत्यारोपणमा त हामीले एक जना मात्र भारतीय चिकित्सकको सहयोग लिएका छौँ । यसबाट पनि केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको प्रष्ट हुन्छ ।

     

    देशमा सबै भन्दा धेरै प्रत्यारोपण गर्ने यस केन्द्रले शुरुको केही वर्ष वार्षिक एक दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएको थियो । तर यो वर्ष ६ जनाको सफल केलेजो प्रत्यारोपण भै सकेको र केही हप्तामै अरु थप ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार