• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पतालले आइतबार र बुधबार ब्रेन ट्युमर सम्बन्धि  विशेषज्ञ सेवा दिने

    वीर अस्पतालले आइतबार र बुधबार ब्रेन ट्युमर सम्बन्धि  विशेषज्ञ सेवा दिने

    हेल्दीखबर
    आइतबार, मंसिर २४ २०८०
    हेल्दीखबर
    आइतबार, मंसिर २४ २०८०
    वीर अस्पतालले आइतबार र बुधबार ब्रेन ट्युमर सम्बन्धि  विशेषज्ञ सेवा दिने

    काठमाडौं, २४ मंसिर ।  वीर अस्पतालले सातामा दुई दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ। 

    अस्पतालले न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् ब्रेन ट्युमर विशेषज्ञ सेवा दिन लागेको हो । 

    अस्पतालका न्युरो विभाग प्रमुख डा. राजिब झाले ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सातामा दुई दिन आइतबार र बुधबार  विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुने जानकारी दिए ।

    उनले साताको दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको बताए  । उक्त सेवा मार्फत् टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने छन्। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार