• बिहीबार , २९ असोज २०८३
  • images
    images

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत पास

    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत पास

    हेल्दीखबर
    आइतबार, मंसिर १७ २०८०
    हेल्दीखबर
    आइतबार, मंसिर १७ २०८०
    विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत पास

    काठमाडौँ, १७ मंसिर । नेपाल मेडिकल काउन्सिलले  लिएको २७ औँ विशेषज्ञ दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५१.३६ प्रतिशत डाक्टर उत्तीर्ण भएका छन् ।

    काउन्सिलका निमित्त रजिष्ट्रार डा सुप्रभात श्रेष्ठका अनुसार परीक्षामा १८३ जना सहभागी भएकोमा ९४ जना ( ५१.३४ प्रतिशत) उत्तीर्ण भएका थिए । परीक्षामा ८९ जना अनुत्तीर्ण भएका छन् ।

    images


    यसअघि गत १२ साउनमा भएको विशेषज्ञ लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।
    परीक्षामा ६ जनाको परीक्षाका बेला प्रवेश पत्रमा तोकिएको अनुसारको परिचयपत्र लिई नआएकोले नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार