काठमाडौं, २५ साउन । कानुन मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको छ।
अस्वस्थ भएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको हो।
स्वास्थ्यमा समस्या आएपछि अन्नपूर्ण न्यूरो अस्पताल जानुभएको थियो। गुरुङलाई उक्त अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो।
ब्लड प्रेसर घटेर कमजोर महसुस भएपछि गुरुङ अस्पताल जानुभएको हो। अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
अस्पतालका कार्यकारी निर्देशक रत्नमणि गजुरेलले मन्त्री गुरुङलाई चिकित्सकीय निगरानीमा राखेर उपचार गरिएको छ।