• बिहीबार , २९ असोज २०८३
  • images
    images

    वीर अस्पतालको वार्षिकोत्सवको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर

    वीर अस्पतालको वार्षिकोत्सवको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर

    हेल्दीखबर
    बिहीबार , साउन ११ २०८०
    हेल्दीखबर
    बिहीबार , साउन ११ २०८०
    वीर अस्पतालको वार्षिकोत्सवको अवसरमा चाँगुनारायणमा स्वास्थ्य शिविर


    काठमाडौँ, ११ साउन । वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं १ मा वृहत निः शुल्क स्वास्थ्य शिविर संचालन भएको छ। शिविरमा ४४४ जना बिरामीको ६२२ वटाकन्सल्टेसन भएको थियो।

    इको सेवा १५ जनाको भएको थियो जसमा भल्बुलर डिजिजसँगै एउटा स्ट्रक्चरल डिफेक्ट एएसडी पनि देखिएको थियो।

    images


    जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा श्रीराम तिवारीको संयोजनमा भएको शिविरको उद्घाटन न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको अध्यक्षता, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा निर्देशक डा सन्तोष पौडेल तथा अन्य चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु उपस्थित भएको थियो।


    शिविरमा ३५ जना  विशेषज्ञ चिकित्सकसहित ९० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। शिविरलाई थप व्यवस्थित गर्नको लागि वीर अस्पताल नर्सिङ कलेजका बि एन अध्ययनरत ४५ छात्राहरु स्वयंसेवकको रुपमा खटाइएको थियो।

    शिविरमा जनरल प्राक्टिस तथा जेष्ठ नागरिक,छाला तथा यौनरोग, सामान्य चिकित्सा, शल्य चिकित्सा, मुटुरोग, मुख तथा दन्त, छातीरोग, मधुमेह थाइरोइड, , हाडजोर्नी, नाक कान घाँटी, मानसिक रोग, महिलारोग, रेडियोलोजी,प्रयोगशाला जाँच, औषधि वितरण तथा स्वास्थ्य शिक्षाको कार्यक्रमसमेत राखिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार