• बिहीबार , २९ असोज २०८३
  • images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर

    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर

    हेल्दीखबर
    आइतबार, असार ३ २०८०
    हेल्दीखबर
    आइतबार, असार ३ २०८०
    राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर


    काठमाडौं, ३ असार  । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मुटुमा समस्या देखिएपछि  महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको सेन्टरले जनाएको छ।

    स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान २ बजे अस्पताल  पुर्‍याइएको थियो।राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले भर्ना गरि उपचार गरिएको हो ।

    images

    राष्ट्रपति पौडेल मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज हुनुभएको थियो । राष्ट्रपति पौडेलले फोक्सोमा पानी जमेको पाइएपछि वैशाखमा भारतको नयाँ दिल्लीमा १० दिन उपचार गराई फर्कनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार