• बिहीबार , २९ असोज २०८३
  • images
    images

    राष्ट्रपति पौडेलको छातीमा संक्रमण, शिक्षण अस्पताल भर्ना 

    राष्ट्रपति पौडेलको छातीमा संक्रमण, शिक्षण अस्पताल भर्ना 

    हेल्दीखबर
    मंगलबार, वैशाख ५ २०८०
    हेल्दीखबर
    मंगलबार, वैशाख ५ २०८०
    राष्ट्रपति पौडेलको छातीमा संक्रमण, शिक्षण अस्पताल भर्ना 

     

    काठमाडौं, ५ चैत । राष्ट्रपति रामचन्द्र पौडेललाई पुनः छातीमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ । 

    images

    छातीमा संक्रमण भएपछि पौडेल मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो । 

    सोमबार राष्ट्रपति पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका प्रयोगशालामा पठाइएको थियो। पौडेलको सोमबार नै भिडियो एक्सरे गर्दा फोक्सोको बाहिरी झिल्लीमा थोरै पानी जमेको देखिएको थियो। त्यसपछि चिकित्सककै सिफारिसपछि फोक्सोको झिल्लीमा जम्मा भएको पानी निकालेर परीक्षणका लागि पठाइएको थियो।

    राष्ट्रपति पौडेललाई यसअघि गत महिना चैत १८ गते छाती र देब्रे कोखो दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । 

    पाँच दिन अस्पतालमा भर्ना भएपछि उहाँलाई डिस्चार्ज गरिएको थियो । उहाँलाई २२ गते डिस्चार्ज गरिएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार