• बिहीबार , २९ असोज २०८३
  • images
    images

    भारतमा उपचार गराएर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै

    भारतमा उपचार गराएर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै

    हेल्दीखबर
    आइतबार, वैशाख १७ २०८०
    हेल्दीखबर
    आइतबार, वैशाख १७ २०८०
    भारतमा उपचार गराएर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै

    काठमाडौं,१७ काठमाडौं ।  उपचारका लागि भारतको दिल्ली जानुभएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएर स्वदेश फर्कदै हुनुहुन्छ ।

     डिस्चार्ज भएपछि राष्ट्रपति पौडेल आइतबार नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ। 

    images

    पेटमा समस्यामा देखिएपछि राष्ट्रपति पौडेललाई काठमाडौंको मराराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा प्रारम्भिक उपचार गराएर थप उपचारका लागि भारतको दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो। 

     राष्ट्रपतिको सचिवालयका अनुसार पौडेल आइतबार बेलुकी दिल्ली–काठमाडौंको नियमित हवाई उडानमार्फत् स्वदेश फर्किने तय भएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार