काठमाडौं, १६ जेठ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. सञ्जु खड्काको सडक दुर्घटनामा मृत्यु भएको छ।
डा. सञ्जु प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको जीवन संगिनी हुनुहुन्छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै मंगलबार दिउँसो साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार डा. सन्जुको निधन भएको हो।
उहाँसंगै अर्का एक जनाको पनि निधन भएको छ।
५३ वर्षकी डा. सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारीको निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख सन्तोष सिंह राठौरले दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएकी डा. खाती सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेको खुलेको एसपी राठौरले जानकारी दिनुभयो ।दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा पश्चात बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।