• मंगलबार, ३ कात्तिक २०८३
  • images

     स्वास्थ्य वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा विभिन्न व्यक्ति सम्मानित

     स्वास्थ्य वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा विभिन्न व्यक्ति सम्मानित

    हेल्दीखबर
    बुधबार, चैत २९ २०७९
    हेल्दीखबर
    बुधबार, चैत २९ २०७९
     स्वास्थ्य वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा विभिन्न व्यक्ति सम्मानित


    काठमाडौँ, २९ चैत । मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता अवार्डबाट डा रविनमान कर्माचार्य सम्मानित हुनुभएको छ । 

    नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्थापना दिवसको अवसरमा आयोजना गरेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो।

    images

    सम्मेलनमा प्रस्तुत भएका उकृष्ट मौखिक प्रस्तुती विजय खत्रिलाई प्रदान गरिएको छ । उत्कृष्ट पोस्टर अवार्ड सिता कोइरालाले प्राप्त गर्नुभयो । 

    त्यसैगरी वेष्ट पेपर अवार्डबाट डा दिपांकर प्रजापती सम्मानित हुनुभयो । परिषद् कर्मचारी मध्येबाट मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार अनुसन्धान अधिकृत नमिता घिमिरेले पाउनुभएको छ । 
    त्यसैगरी  उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार डा शिवराज मिश्रले पाउनुभएको छ ।  डा मिश्र सिडनी विश्वविद्यालयमा मास्टर्स तथा पिएचडीबा सोधार्थीहरुलाई रिसर्च गाइड गर्दछन्। उनले १७५ भन्दा बढी अनुसन्धान प्रकाशन गर्नुभएको छ । 
    परिषद्ले यही चैत २८ र २९ गते ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको थियो।

    सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले विभिन्न ७ विधाका १३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतिकरण गरेका थिए।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार