काठमाडौँ, ४ माघ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । नेता पुन लामो समयदेखि जन्डिस रोगबाट पीडित हुनुहुन्छ । पुनको उपचारमा संलग्न प्राडा युवराज शर्माले नेता पुनको कलेजो लागभग ८५ प्रतिशत काम नलाग्ने भइसकेको जानकारी दिनुभयो ।
एक कार्यक्रममा सहभागी हुन गृह जिल्ला रोल्पा जाँदा पुनको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार हेलिकोप्टरबाट ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दकिशोर पुन, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतका नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुग्नुभएको छ ।
कलेजो प्रत्यारोपणका लागि परिवारमा र पार्टीमा पनि छलफल भइरहेको बताइएको छ । उहाँ लामो समयसम्म चीनमा उपचार गराएर फर्किनुभएको थियो ।