• शुक्रबार, ३० असोज २०८३
  • images

    चिकित्सा शिक्षा: सर्वोच्चको आदेशले म्याचिङ प्रक्रिया स्थगित

    चिकित्सा शिक्षा: सर्वोच्चको आदेशले म्याचिङ प्रक्रिया स्थगित

    हेल्दीखबर
    बिहीबार , पुस २१ २०७९
    हेल्दीखबर
    बिहीबार , पुस २१ २०७९
    चिकित्सा शिक्षा: सर्वोच्चको आदेशले म्याचिङ प्रक्रिया स्थगित

      काठमाडौं, २० पुस।  चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको म्याचिङ प्रक्रिया स्थगित गरेको छ।

    सर्वोच्च अदालतले साविकको सूचना तथा म्याचिङ प्रणाली अनुसार विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्न आदेश दिएपछि म्याचिङ प्रक्रिया स्थगित गरेको हो।

    images

    कार्यविधि बदनियतपूर्ण भएको भन्दै  विद्यार्थीहरुले गत १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि  भर्ना लिने समयमा संसोधन गरिएकोले सो संसोधनमा बदनियत देखिएको भन्दै विद्यार्थीहरुले रिट दायर गरेका थिए।
     
    आइतबार न्यायाधिस इश्वरप्रसाद खतिवडाको एकल इजलासले  साविकदेखी अपनाई आएको  म्याचिङ प्रणाली परिवर्तन गर्नु कुनै तर्कपूर्ण र न्यायोचित आधारयुक्त नरहेको भन्दै  एमडी तथा एमएसमा विद्यार्थी भर्नाको प्राथमिकता निर्धारण गर्दा पुरानै म्याचिङ  प्रणाली   कार्यान्वयन गर्न आदेश दिएको थियो।

     'परिवर्तित म्याचिङ् प्रणालीसमेत कुनै तर्कपूर्ण र न्यायोचित आधारयुक्त रहेको देखिन आएन। हचुवा र स्वच्छाचारी रुपमा उक्त प्रणाली परिवर्तन गरिएको कारणबाट निवेदकहरुलाई अपूरणीय क्षेती पुग्न जाने अवस्था देखिएकाले पुस ७ मा प्रकाशित सूचना बमोजिमको म्याचिङ प्रणाली हाल लागू नगरी मिति २०७८।११।२३ को साविकको सूचना तथा म्याचिङ प्रणाली अनुसार विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्नू गराउनू' आदेशमा भनिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार