• आइतबार, १४ भदौ २०८३
  • images

    चितवन मेडिकल कलेजमा बालबालिकामा जन्मजात देखिने स्वास्थ्य समस्याको सफल उपचार

    चितवन मेडिकल कलेजमा बालबालिकामा जन्मजात देखिने स्वास्थ्य समस्याको सफल उपचार

    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    चितवन मेडिकल कलेजमा बालबालिकामा जन्मजात देखिने स्वास्थ्य समस्याको सफल उपचार

    काठमाडौं, २८ मंसिर । चितवन मेडिकल कलेजमा नवजात शिशु तथा बालबालिकाहरुमा जन्मजात देखिने स्वास्थ्य समस्याहरुको सफल शल्यक्रिया भइरहेको छ।

    चितवनसहित छिमेकी जिल्लाहरु मकवानपुर,नवलपरासी, गोरखा, लमजुङ्ग, तनहुँ, रुपन्देही, सुनसरी, वारा, पर्सा, धनुषा लगायतबाट धेरै बिरामीहरु मेडिकल कलेजमा आउने गर्दछन। तर, अझै पनि कतिपय ग्रामिण भेगका बिरामीहरू उपचार सेवाका बारेमा जानकारी नहुँदा उचित समयमा उपचार गर्नबाट बञ्चित बनेका छन्।  

    बाल शल्यचिकित्सक डा प्रकृति गिरिले त्यहाँ उक्त सेवा दिइरहेकी छन्। कान्ति बाल अस्पतालमा केही समय सेवा गर्दागर्दै उनी त्यहा पुगेकी हुन्।  मेडिकल कलेजमा पछिल्लो करिव १० महिनाको अवधिमा १ हजार २० जना बिरामीहरुले ओपीडी बाट सेवा लिएका छन्।

     

    यस्तै ३५२ जना बिरामीहरुलाई भर्ना भएर उपचार लिएका छन्। हालसम्म १५ जना नवजात शिशु, ३५ जना जना १ वर्ष मुनिका र १ देखि १४ बर्ष उमेरका २५५ जना बिरामीहरुको सफलतापूर्वक सर्जरी  गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार