• सोमबार, १५ भदौ २०८३
  • images

    बीस हजार जनाको ओपन हार्ट सर्जरी

    बीस हजार जनाको ओपन हार्ट सर्जरी

    गंगालाल हृदय रोग केन्द्रमा केक काटेर खुसियाली

    हेल्दीखबर
    सोमबार, मंसिर १९ २०७९
    हेल्दीखबर
    सोमबार, मंसिर १९ २०७९
    बीस हजार जनाको ओपन हार्ट सर्जरी

     

    काठमाडौँ, १९ मंसिर । बीस हजार बिरामीको ओपन हार्ट सर्जरी सम्पन्न भएको अवसरमा शहिद गंगालाल हृदय रोग केन्द्रमा केक काटेर खुसियाली मनाइएको छ ।  

         नेपालमा मुटु रोगको उपचार गर्ने उद्देस्यले २०५२ सालमा स्थापना भएको केन्द्रले हालसम्म २० हजार जना मुटुरोगीको ओपन हार्ट सर्जरी गरेको छ ।

    318459569_10217545833836813_2513922357939758839_n.jpg

        अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले २० हजारको शल्यत्रिया गरेको उपलक्ष्यमा केक काटेर खुसियाली साटासाट गर्नुभएको हो ।

        अस्पतालले १९ लाख बिरामीको उपचार गरेको जानकारी दिएको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा. अधिकारीका अनुसार ८० हजार बिरामीको विभिन्न खाले क्याथ प्रोसेड्युअर र २५ हजार बिरामीको मुटुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । गंगालालमा हाल २३९ बेड रहेको छ ।

    गंगालाल अस्पतालमा हालसम्म एनजिओग्राम गराउनेको संख्या भने ५० हजार कटिसकेको छ । 

    अस्पतालले शल्यक्रिया नगरी चार वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको छ ।

    mutu.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार