• शनिबार, १ कात्तिक २०८३
  • images

    बैठक सकेर फर्कनेक्रममा वडा अध्यक्ष जोशीको निधन

    बैठक सकेर फर्कनेक्रममा वडा अध्यक्ष जोशीको निधन

    हेल्दीखबर
    बिहीबार , मंसिर १५ २०७९
    हेल्दीखबर
    बिहीबार , मंसिर १५ २०७९
    बैठक सकेर फर्कनेक्रममा वडा अध्यक्ष जोशीको निधन


    डोटी, १५ मंसिर । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति हृदयघातका कारण निधन भएको छ । 

    बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको थियो । पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको जानकारी दिनुभयो । जिल्ला अस्पतालका डा सोहन शाहले जोशीको े हृदयघातकै कारण निधन भएको  बताउनुभयो  ।

    images

    जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार