• आइतबार, १ कात्तिक २०८३
  • images

    मृतक दाताको कलेजो प्रत्यारोपण सम्बन्धी सम्मेलन सम्पन्न

    मृतक दाताको कलेजो प्रत्यारोपण सम्बन्धी सम्मेलन सम्पन्न

    हेल्दीखबर
    मंगलबार, कात्तिक १ २०७९
    हेल्दीखबर
    मंगलबार, कात्तिक १ २०७९
    मृतक दाताको कलेजो प्रत्यारोपण सम्बन्धी सम्मेलन सम्पन्न


    काठमाडौं,१ कात्तिक ।  सानेपास्थित स्टार अस्पतालले मस्तिष्क मृत्युपछिको कलेजोदान र प्रत्यारोपण विषयमा केन्द्रित रहेर एक दिने अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। अस्पतालले सोमबार ललितपुरको यल दरबारमा ुमृतक दाताको कलेजो प्रत्यारोपणु सम्बन्धी सम्मेलन गरेको हो।

    इन्टरनेशनल हेपाटो प्याङ्क्रियाटो बायलरी एसोसियसन र सोसाइटी अफ सर्जन अफ नेपालको सहकार्यमा अस्पतालले सम्मेलन गरेको हो। प्रत्यारोपणका विषयमा केन्द्रित रहेर विभिन्न तीन वटा सेसनमा वृहत छलफल र अनुभव आदनप्रदान गरिएको थियो।

    images

    आयोजक कमिटीका अध्यक्ष डा सुनिलकुमार शर्मा ढकालले राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरुले अंगदान सम्बन्धी गरेको छलफल र प्रस्तुतीबाट आएका निष्कर्षलाई समेटेर स्वास्थ्य मन्त्रालयलाई बुझाइने जानकारी दिनुभयो ।  उहाँले मृतक दाताको अंग प्रत्यारोपणबाट नेपालमै ७ जनालाई प्रत्यक्ष फाइदा पुग्ने जानकारी दिँदै अंग प्रत्यारोपणका विषयमा जनचेतना फैलाउन आवश्यक रहेको पनि बताउनुभयो।

    स्वास्थ्य सचिव डा रोशन पोखरेलले अंग प्रत्यारोपण सेवालाई बलियो बनाउन सरकार लागिरहेको जानकारी दिनुभयो। उहाँले मानव अंग प्रत्यारोण सम्बन्धमा नीति निर्माण तहमा कुनै समस्यामा परेमा आफू त्यसका लागि काम गर्न तयार रहेको पनि जानकारी दिनुभयो । 

    प्रधानमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा. आरपी विच्छाले पब्लिक, प्राइभेट पार्टनरसीप अन्तर्गत मानव अंग प्रत्यारोपणमा पनि काम गर्नुपर्नेमा जोड दिनुभयो। 

    स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले मानव अंग प्रत्यारोपणमा सरकार र निजी क्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

    त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानकी डीन डा दिव्या सिंह शाहले नेपालका अंगदानको कानुन तथा अवस्था कस्तो छ भन्ने बारेमा बताउनुभयो । 
    न्युरो सर्जन डा वसन्त पन्तले सामाजिक, धार्मिक र आर्थिक कारणले नेपालमा सोचे जस्तो अंगदान सम्बन्धी काम हुन नसकेको बताउनुभयो ।

    डा पुकार चन्द्र श्रेष्ठले २०१७ मा पहिलोपटक दाताबाट अंग प्राप्त गरिएको भएपनि अहिलेसम्म आठ जनामा मिर्गौला र जनामा कलेजो दाताबाट प्रत्यारोपण गर्न सकिएको जानकारी दिनुभयो। उहाँले नेपालमा वार्षिक करिव २०० जना मिर्गौला प्रत्यारोपण लाइभ डोनरबाटै भइरहेको बताउनुभयो।

    नेपामा अंग प्रत्यारोपण सम्बन्धी कानुनी अवस्था, सुरूवात, प्रगति र वर्तमान अवस्थाबारे प्रस्तुत गर्दै प्रत्यारोपण सर्जन डा छेतेन योन्जन तामाङले अंगदान र यसको प्रयोगमा कस्ता कस्ता समस्याहरु र चुनौतीहरु छन् भनेर प्रस्तुत गर्नुभयो । 

    नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरका सर्जन प्रा.डा कृष्णकुमार माधवनले विश्वमा १० देखि ११ लाख बिरामीमा कलेजो प्रत्यारोपणको आवश्यकता रहेको जानकारी दिनुभयो। विश्वका विभिन्न मुलुकमा भएका मृत्युपछिको अंगदानमा कसरी काम भैरहेका छन् भन्ने कुराको पनि जानकारी दिनुभयो । 

    त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर मेडिसिन विभागका डा प्रमेश शुन्दर श्रेष्ठले मष्तिष्क मृत्यु भएका अंगदाताहरूको आइसीयुमा कसरी केयर गरिन्छ भन्ने विषयमा नेपालमा भइरहेको अभ्यासबारे जानकारी दिएका थियो।
    त्यस्तै नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरका सर्जन डा युविया गाओले, सिंगापुरमा लिभर मृतक कलेजो दाताबाट प्राप्त अंग कसरी उपलब्ध गराइन्छ भन्नेबारेमा सिंगापुरको अभ्यास र कानुनबारे बताउदै सिंगापुरले प्रत्यारोपणमा गरेका प्रगतिबारे जानकारी दिनुभयो । 
    त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा जनक कोइरालाले प्रत्यारोपण र संक्रमण समस्या विषयमा प्रस्तुति दिएका थिए ।। 
     उक्त कार्यक्रममा अन्य वक्ताहरुमा यम्स्टाडम युनिभर्सिटी मेडिकल सेन्टर नेदरल्याण्डका डा. केरियल पोसिएन र  डा।थोमस भान गुलिक, काठमा मेडिकल कलेजका सर्जन डा रोशन घिमिरे लगायतले प्रस्तुती दिनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार