• सोमबार, १५ भदौ २०८३
  • images

     स्टार अस्पतालले घरमै गएर स्वास्थ्य परीक्षण गर्ने

     स्टार अस्पतालले घरमै गएर स्वास्थ्य परीक्षण गर्ने

    हेल्दीखबर
    सोमबार, फागुन २ २०७८
    हेल्दीखबर
    सोमबार, फागुन २ २०७८
     स्टार अस्पतालले घरमै गएर स्वास्थ्य परीक्षण गर्ने

     ललितपुर । ललितपुर सानेपास्थित स्टार अस्पतालले जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

    ‘केयर कान्ट वेट’ भन्ने मुल नारा सहित जेष्ठ नागरिकलाई घरघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘स्टार जेरियट्रिक हेल्थ सर्भिस’ सञ्चालनमा ल्याएको हो ।‘स्टार जेरियट्रिक हेल्थ सर्भिस’ सुविधा लिन सेवाग्राहीले वार्षिक सदस्यता कार्ड लिनुपर्ने अस्पतालले जनाएको छ । अस्पतालले प्रतिव्यक्ति सदस्यता शुल्क पाँच हजार र दम्पतिको हकमा सदस्यता शुल्क आठ हजार आठ सय अठ्ठासी तोकेको छ ।


    यस सेवा लिए बापत सेवाग्राहीले घरमै बसी ल्याब परीक्षण, फिजियोथेरापी सेवा, डाइट प्लान, चिकित्सकीय परामर्श, औषधि, ब्लडप्रेसर जाँच, शरीरमा अक्सिजनको मात्रा जाँच, पल्स, शरीरको तापक्रम जाँच लगायतका सेवा प्राप्त गर्न सक्नेछन् । यदि सेवाग्राहीलाई अस्पताल आउनु परेको खण्डमा स्वास्थ्यकर्मी सहितको यातायात सेवा निःशुल्क उपलब्ध गराउने अस्पतालले जानकारी दिएको छ । यसका लागि अस्पतालले छुट्टै विभाग खडा गरेको छ । विभागका कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा जेष्ठ नागरिकहरुले सहज रुपमा उपचार सेवा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ । यस सुविधा लिए बापत सदस्यहरुले विभिन्न हेल्थ प्याकेजहरु पनि सहुलियत दरमा प्राप्त गर्न सक्ने अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार