ललितपुर । सानेपास्थित स्टार अस्पतालले एक महिनासम्म पेट तथा कलेजो रोग सम्बन्धी उपचार (ओपिडी) सेवा नि:शुल्क गर्ने भएको छ।
अस्पतालले भर्खरैमात्र पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको अवसरमा एक महिना ओपिडी सेवा नि:शुल्क गरिएको हो। उक्त सेवा पुस एक गतेदेखि माघ एकसम्म लिन सकिनेछ।
पेट रोग सम्बन्धी अन्य परीक्षण, शल्यक्रिया लगायत सेवाहरुमा पनि छुट सुविधा दिएको अस्पतालले जानकारी दिएको छ।ग्यास्ट्रो सम्बन्धी सबै किसिमको सेवा दिने उद्देश्यका साथ अत्याधुनिक उपकरण सहितको जीआई सेन्टरको सुरुवात गरिएको अस्पतालले जनाएको छ। उक्त सेन्टरमा बच्चाहरुमा हुने ग्यास्ट्रो सम्बन्धी सबै किसिमको उपचार समेत हुने अस्पतालले जनाएको छ।