• आइतबार, १४ भदौ २०८३
  • images

    कलेजो रोगबाट पीडित रुक्मिणीलाई पोकली झरना सेवा समाजको २० हजार सहयोग, अरु मनकारीलाई सहयोग गर्न आग्रह

    कलेजो रोगबाट पीडित रुक्मिणीलाई पोकली झरना सेवा समाजको २० हजार सहयोग, अरु मनकारीलाई सहयोग गर्न आग्रह

    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    कलेजो रोगबाट पीडित रुक्मिणीलाई पोकली झरना सेवा समाजको २० हजार सहयोग, अरु मनकारीलाई सहयोग गर्न आग्रह


    काठमाडौं । पोकली झरना सेवा समाजले कलेजो रोगबाट पीडित ओखलढुंगा लिखु गाउँपालिका पोकली लेतीकी रुक्मिणी गौतमलाई आर्थिक सहयोग गरेको छ । 
     समाजका पदाधिकारीहरुले गौतम उपचाररत शिक्षण अस्पताल पुगेर  २० हजार आर्थिक सहयोग गरेको हो  । 
     दुई महिना अघि पाटन अस्पतालमा भर्ना हुनुभएकी गौतमको पाटन अस्पतालमा उपचार हुन नसकेपछि दुईदिन अघिमात्र त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो ।
     पछिल्लो समय आर्थिक अभाव भएपछि गौतमको उपचारमा समस्या आएको भन्दै पोकली झरना सेवा समाजले सहयोग गरेको जानकारी दिएको छ । 
    गौतमको कलेजोमा संक्रमण भई घाउ भएको कारण पिप बगिरहने समस्या रहेको बिरामीको पति पिताम्बर गौतमले जानकारी दिनुभयो ।  
     पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्ट, महासचिव शम्भु बराल, गुणहरी अधिकारी, अर्जुन ढुंगेल लगायतको टोलीले कलेजो रोगबाट पीडित गौतमलाई शिक्षण अस्पताल पुगेर उक्त सहयोग गरेको थियो ।  उहाँले रुक्मिणी बचाउ अभियान सुरु गर्नुपर्ने भन्दै अन्य व्यक्तिहरुलाई  पनि सहयोग गर्न आग्रह गर्नुभयो । यसअघि रुक्मिणीको नेपाल मेडिकल कलेज, वीर अस्पताल, पाटन अस्पतालमा उपचार भइसकेको छ । पाटनमा दुई महिनासम्म उपचार गर्दा ठिक नभएपछि शिक्षण अस्प्ताल रेफर गरेको हो । यसअिघ कलेजो पीडित रुक्मिणीको उपचारका लागि पाँचलाख रुपैया खर्च भइसकेको परिवारले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार