• शुक्रबार, ३० असोज २०८३
  • images
    अस्पतालको बेडमा दशैं

    ४५ दिनदेखि पाटन अस्पतालमा रुक्मिणीको छट्पटाह, मलाई गाहो भयो, कति दुखाई सहेर बस्नु

    ४५ दिनदेखि पाटन अस्पतालमा रुक्मिणीको छट्पटाह, मलाई गाहो भयो, कति दुखाई सहेर बस्नु

    ४५ दिन अस्पताल बसिसके अझै कति दिन बस्नु

    हेल्दीखबर
    शुक्रबार, असोज २९ २०७८
    हेल्दीखबर
    शुक्रबार, असोज २९ २०७८
    ४५ दिनदेखि  पाटन अस्पतालमा रुक्मिणीको  छट्पटाह, मलाई गाहो भयो, कति दुखाई सहेर बस्नु


    काठमाडौ । ओखलढुंगा लिखु गाउँपालिका ९ पोकली लेति निवासी हाल मुलपानी बसोबास गर्दै आउनुभएकी ३३ बर्सिया रुक्मिणी गौतम यतिखेर पाटन अस्पतालमा भर्ना हुनुभएको छ।  एकातिर पेटबाट नली घुसारेर कलेजोसम्म पु¥याइएको छ । अर्कोतिर खाना खान नसकेर नाकमा नली घुसाएर लिक्युड मार्फत खाना खुवाइएको छ । कलेजोमा संक्रमण भएको कारण रुक्मिणी गौतमलाई दुखाई सहन गाह्रो  भइरहेको छ । अस्पतालको बेडमा ४५ दिनसम्म बस्दा वाक्कदिक्क भइसकेको छ । 

    रुक्मिणी गौतमको यसपालीको दशैं अस्पतालको शैयामै वित्यो । विगत डेढ महिनादेखि उहाँ अस्पतालमै हुनुहुन्छ । केही खायो कि बान्ता आइहाल्ने समस्याले उहालाई धेरै दिनसम्म सतायो। उहाँले सकेसम्म रोगलाई जित्छु भनेर घरमै बसिरहनुभयो तर सक्नुभएन ।

    images

    ruk.jpg

    नजिकैको मुलपानी अस्पतालमा उपचारका लागि जानुभयो । त्यहाँ ठिक नभएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा रिफर गरियो । जोरपाटी पछि उहाँलाई आफन्तहरुको सल्लाहमा वीर अस्पतालमा ल्याइयो । वीरमा केहिदिन भर्ना गरेपछि रिपोर्ट लिएर फलोअपका लागि मात्र आउनु भनियो ।

    तर उहाँलाई रोगले छोडेन । वीरमा  एमआरआइ गर्ने कुरा आयो । यसअघि नै खुट्टाको शल्यक्रिया गरेर खुट्टामा स्टिल राखेको हुनाले एमआरआइ गर्न पनि मिलेन । पछि सिटिस्कान गरियो । सिटिस्कान गर्दा पनि केहि देखिएन ।

     

    rukmaniii.jpg

    ग्याष्ट्रिक हो कि भनेर आशंका गरियो । ग्याष्ट्रिक नभएपछि वीर अस्पतालमै कार्यरत एक जना चिकित्सकले पाटनमा कलेजो सम्बन्धि राम्रो डाक्टर हुनुहुन्छ त्यहाँ जानु भनेर सिफारिस गरेछन् । त्यहि अनुसार पाटन गएर भर्ना भएको पनि आज चालिस दिन भइसक्यो । रोग पत्ता लागेपनि रोगको कारण अझै पत्ता लागेको छैन । रिपोर्ट अनुसार रुक्मिणीको कलेजोमा इन्फेक्सन भएको छ । कलेजो संक्रमणले कलेजो भरी घाउ छ । त्यहाँबाट पिप बगिरहेको छ । कलेजोमा धेरै घाउहरु छन् ।

    अहिले सबैभन्दा ठूलो घाउमा पाइप जोडेर कलेजोबाट पिप बाहिर फाल्ने काम भइरहेको छ । तर त्यो दुखाई रुक्मिणीले सहनसक्नुभएको छैन । खानेकुरा केही खानु हुदैन । खायो कि बान्ता आइहाल्छ । उहाँलाई दिशा,पिसाब गर्नको लागि ट्वाइलेट जान समेत बेडमै ब्यबस्था गरिएको छ। 

    ट्वाइलेट गयो भने सधैभरी दुखाइ सहेर बस्नुपर्ने हुन्छ ।  दिनहुँ बढ्दै गएको दुखाइ र स्वास्थ्यमा सुधार नभएको कारण उहाँलाई बस्न मन नभएको गुनासो गर्नुहुन्छ।  यतिखेर निरन्तरको दुखाईले रुम्मिणी पाटन अस्पतालमा बस्न मन छैन । उपचारमा सम्लग्न डा. जनक कोइराला अहिलेसम्मकै हाइडोज औषधि प्रयोग गर्दा पनि केहीपनि सुधार नआएको बताउनुहुन्छ । दैनिक दुई हजार चार हजार गर्दै पछिल्लो पटक १७ हजारको औषधि (इन्जेक्सन) लगाउँदा पनि ठिक हुन सकेको छैन । पाँचलाख रुपैयाभन्दा बढी खर्च भइसक्यो तर बिरामी निको हुने नहुने केही अत्तोपत्तो छैन।”  

    शल्यक्रिया गर्नलाई कलेजो पूर्ण रुपमा ठिक हुनुपर्छ तर रुक्मिणिको कलेजोमा जति हाइडोजको इन्जेक्सन चलाएपनि कलेजोमा भएको घाउ निको भएको छैन ।

     

    rukmani.jpg

     मेडिकल वार्ड २४० नम्बर बेडमा राखिएको छ । उहाँलाई भदौ १६ गतेबाट पाटन अस्पतालमा राखिएको हो । ४५ दिन पाटन अस्पतालमा राखेको भइसक्यो । अझै कहिलेसम्म राख्नुपर्ने हो अत्तोपत्तो छैन । चिकित्सकहरुका अनुसार कलेजमा संक्रमण ठिक नभएका कारण समस्या भइरहेको छ । 


     शल्यक्रिया गर्नलाई कलेजो पूर्ण रुपमा ठिक हुनुपर्छ तर रुक्मिणिको कलेजोमा जति हाइडोजको इन्जेक्सन चलाएपनि कलेजोमा भएको घाउ निको भएको छैन  । बिरामीलाई केहि कम पनि भएको छैन । 

    rukmaniiii.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार