• शनिबार, १ कात्तिक २०८३
  • images

    तीन बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाबग्रस्त

    तीन बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाबग्रस्त

    हेल्दीखबर
    बुधबार, असोज २० २०७८
    हेल्दीखबर
    बुधबार, असोज २० २०७८
    तीन बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाबग्रस्त

      फिदिम । जिल्ला अस्पताल पाँचथरमा उपचाररत तीन बर्षीया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि अस्पताल तनावग्रस्त बनेको छ।   इन्जेक्सन लगाए लगत्तै तीन बर्षीया बालिका कृष्टिना थाम्सुहाङको निधन भएको  मृतकका आफन्तको आरोप छ। मृतकका आफन्तहरुले छानबिनको माग गरेका छन् ।

    फालेलुङ गाँउपालिका ८ स्थायी घर भई फिदिम नगरपालिका २ पल्लोटारमा बसोबास गर्दै आएका मृतक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको लापरबाहिका कारण छोरीको ज्यान गएको आरोप लगाउनुभयो।
    ‘सामान्य खोकी र ज्वरो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल ल्याएका थियौँ,’ मृतक बालिकाका काका युवराज थाम्सुहाङले भन्नुभयो ‘बुधबार बिहान कृष्टिनाले हाँस्दै बदाम र पाउरोटी खाएकी हुन् । स्वास्थ्यकर्मीले कृष्टिनालाई इन्जेक्सन लगाउने बित्तिकै उनी बेहोस बनिन् ।’ इन्जेक्सन लगाउने बित्तिकै बेहोस बनेकी कृष्टिनाको केही समयमै ज्यान गएको थियो ।
    अस्पताल आएपछि स्वास्थमा सु?धार आएर आजै डिस्चार्च गर्न लागिएकी बालिकालाई  राउण्डमा आएका चिकित्सकले सुइ लगाइदिए  लगत्तै निधन भएको आरोप बिरामी पक्षको छ। बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएकाे २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाहि भएको काका युवराजको भनाई छ ।
    अस्पतालले चित्तबुझ्दो जवाफ सहित घट्नाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरुको भनाई छ । स्वास्थकर्मीहरुले भने एनाफाइलाटिक सकका कारण बालिकाकाे निधन भएको हुनसक्ने बताएका छन् ।समस्या समाधानका लागि २ घण्टादेखि बार्ता जारी रहेपनि कुनै निश्कर्ष निस्केको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार