विराटनगर । डा. इन्द्रनारायण मल्लिकको निधन भएको छ । मंगलबार विराट नर्सिङ होममा ६७ वर्षीय डा. मल्लिकको निधन भएको हो । मल्लिक पूर्वी नेपालको प्रख्यात सर्जन हुनुहुन्थ्यो । फोक्सो र मुटु रोगबाट लामो समयदेखि डा. पीडित उहाँको विराट नर्सिङ होममा निधन भएको हो। आइसियूमा राखेर उपचार गर्ने क्रममा मृत्यु उहाँको मृत्यु भएको हो। उहाँ भारतको मेरटबाट एमबीबीएस र एमएस गरेर सर्जन भएपछि स्वदेशमा सेवा गर्न आउनुभएको थियो । डा. मल्लिक लामो समय कोशी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । विराटनगरमा सर्जरी सेवा भित्र्याउन डा. मल्लिकको ठूलो देन रहेको छ । भारतबाट सर्जन भएर आएपछि डाक्टर मल्लिकले कोशी अस्पतालमा सेवा गर्दै विराटनगरको नील सदनमा नर्सिङ होम खोल्नुभएको थियो। डा. मल्लिकका एक छोरी र एक छोरा हुनुहुन्छ ।