काठमाडौँ । कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या १२ हजार १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु हुनाको साथै १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमितको संख्या दुई हजार ३१६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जना निको भएका छन्। जसमध्ये दुई हजार २३६ जना होम आइसोलेसनमा रहेका छन् भने ८० जना संस्थागत आइसोलेसन छन् । १४ जना आईसीयू तथा एक जना भेन्टिलेर उपचाररत छन् ।
मन्त्रालयका अनुसार तीन हजार ५८७ जनाको परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र एक हजार ९९५ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।